नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा महेश घर्तिमगर
पाेखरा | भदौ २५, २०७९
पोखरा : नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा महेश घर्तिमगर सर्वसम्मत चयन भएका छन् ।
नेपाल मगर विद्यार्थी कास्कीको १९ औँ जिल्ला अधिवेशनले घर्तिमगरको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा माया पुन मगर, सचिवमा योगेन्द्र थापामगर, सहसचिवमा प्रकाश थापामगर, कोषाध्यक्षमा रक्षा थापामगर सर्वसम्मत चयन भएका हुन् ।
सदस्यहरुमा कृष्ण बुढामगर, नरेन्द्र थापामगर, दिलबहादुुर थापामगर, दिपाल थापामगर, सन्देश थापामगर, सोनु थापामगर, देवेन्द्र थापमगर, तेजेन्द्र थापामगर, प्रतिमा तिलिजामगर, विनिशा पुनमगर , हिरादेवी बुढामगर र बलबहादुर रोकामगर सर्वसम्मत समितिमा चयन भएको र बाँकी ३ जना समितिको पहिलो बैठकले मनोनित गर्ने निर्वाचन समितिका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए ।
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...
काठमाडौं: राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...
काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

